Logo

बिजनेस होम

टेलिकम एमडी संगीता पहाडीद्वारा पदबहाली, यस्तो छ उनको बायोग्राफी


gdpnepal
   २३ भाद्र २०८१, आइतबार


काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा नियुक्त संगीता पहाडीले आइतबार पदबहाली गरेकी छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २० को निर्णय बमोजिम उनी टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी हुन् ।

चार वर्षको लागि प्रवन्ध निर्देशक नियुक्त पहाडीले यसअघि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् ।

उनले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी हुन् ।

२०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त पहाडी कामिनी राजभण्डारीपछि दोस्रो महिला एमडी भएकी हुन् ।

पदभार ग्रहण गर्दै एमडी पहाडीले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै, पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन् ।

 

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह