Logo

कर्पोरेट-बजार

आर्थिक सुधारको आधार तयार हुँदैछ: अध्यक्ष ढकाल


GDP नेपाल
   २४ भाद्र २०८१, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् ।

सोमबार महासंघ सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशिया क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा ढकालले सो कुरा बताएका हुन् ।

उक्त भेटमा अध्यक्ष ढकालले सरकारले महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको जानकारी गराए । उनले सरकार, निजि क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हाते मालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने उल्लेख गरे ।  

ढकालले दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गरे । उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराए । ढकालले उक्त प्रतिवेदन व्यवसायिक समुदाय र नीतिनिर्माताहरूका लागि महत्त्वपूर्ण साबित भएको जानकारी दिए ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा ESG -Environment, Social, and Governance कार्यक्रम ल्याउन कार्यरत रहेको पनि बताए । उनले अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने विश्वास व्यक्त गरे । 

भेटमा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको औल्याए । उनले यसै समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको बताए । 

  

 

प्रकाशित : २४ भाद्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह