Logo

बिजनेस होम

चितवनको टाँडीमा भाटभटेनीको २९ औं स्टोर, बेसमेन्टसहित सात तलाको हुने


gdpnepal
   २६ भाद्र २०८१, बुधबार


काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले चितवनमा २९औँ स्टोर सञ्चालनमा ल्याउने भएको छ । चितवनको टाँडीस्थित शान्ति चोकमा भाटभटेनी बन्ने भएको हो । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बुधबार भूमी पूजन गरेसँगै निर्माणकार्य सुरु भएको जनाइएको छ ।

टाँडीको भाटभटेनी १४ महिनाभित्रमा सञ्चालनमा आउने बताइएको छ । एक तलामा ४६ हजार स्क्वायर फिट रहने तथा नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ ।

यसअघि चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर भने दशक पहिल्यै सञ्चालनमा आइसकेको छ ।

 

प्रकाशित : २६ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह