Logo

सेयर बजार

सेयर बजारमा २२ अंकको गिरावट, कारोबार खुम्चियो


GDP नेपाल
   २६ भाद्र २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २२.७३ अंकले घटेर दुई हजार ६१०.२१ विन्दुमा पुगेको छ ।



आज बैंकिङ १३, विकास बैंक ५४, होटल तथा पर्यटन ३५, हाइड्रोपावर २९,
जीवन बीमा २४०, अन्य ९, उत्पादन ७२, माइक्रोफाइनान्स उपसमूह २७ अंकले घटेको छ ।
यस्तै, आज ब्यापार ६, फाइनान्स १४ र निर्जीवन बीमा उपसमूह ३ अंकले बढेको छ ।


आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरको सेयर झण्डै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३१७ कम्पनीको १ करोड ५४ लाख कित्ता सेयर ६ अर्ब ८५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २६ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह