Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ५६ हजार ८०० रुपैयाँ


GDP नेपाल
   ३० भाद्र २०८१, आइतबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भदौ २८ गते छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला १८ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह