Logo

Banner-news

तामाकोशी सकिने टुंगो छैन, ८ लाख सेयरधनीको अर्बौं लगानी जोखिममा


GDP Nepal
   १२ श्रावण २०७६, आइतबार


काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको अन्तिम समयमा आएका अनेकौं प्राविधिक समस्याले आयोजना समयमै पूरा नहुने निश्चितप्रायः देखिएको छ । यसै वर्षको पुसदेखि उत्पादन सुरु गर्ने भनिएको ४५६ मेगावाटको यस आयोजनाबाट अहिले विद्युत् उत्पादन मिति चैतमा सारिएको छ ।

तामाकोशी आयोजनाका अधिकारीहरुका अनुसार चैतमा पनि विद्युत् उत्पादन असम्भवजस्तै देखिएको छ । आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत पुगेको दावी गरिए पनि आयोजना पूर्ण रुपमा सञ्चालनमा आउन अझै २ वर्ष लाग्नसक्ने जानकारहरु बताउँछन् ।

आयोजना सम्पन्न भएर उत्पादन नथाल्दासम्म यसबाट लगानीकर्ताले प्रतिफल पाउन सक्दैनन् । ८ लाखभन्दाबढी सेयरधनी रहेको मुलुककै सबैभन्दा ठूलो पब्लिक कम्पनीमा स्थानीयसहित लगानीकर्ताको अर्बौं लगानी भइसकेको छ । अर्कोतर्फ आयोजनाको लागत दोब्बरभन्दा बढीले वृद्धि भइसकेको छ ।

कम्पनीको १० अर्ब ५९ करोड रूपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ । जसमा सर्वसाधारणको १ अर्ब ५८ करोड रूपैयाँ बराबरको तथा आयोजना प्रभावित दोलखावासीलाई १ अर्ब ५ करोड रूपैयाँको सेयर बिक्री गरिएको छ ।

आयोजनाको काम चाँडो गराउन हरेक महिना आयोजनास्थलमा नै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण व्यवसायी, परामर्शदाता लगायतको नियमित बैठक राखी समस्याको सहजीकरण गर्ने गरेका छन् ।

गतासाता पनि घिसिङले माथिल्लो जलविद्युत आयोजनाबाट तोकिएकै समयमा विद्युत उत्पादन थाल्न निर्देशन दिएका थिए । उनले पछिल्लोपटक तय गरिएको समयतालिका भित्रै र गुणस्तरीय निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन्।

प्रकाशित : १२ श्रावण २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह