Logo

बिजनेस होम

कुरियर क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, सेवा सञ्चालनमा राज्यको सहयोगी भूमिकाको खोजी


GDP नेपाल
   ३० भाद्र २०८१, आइतबार


पोखरा। कुरियर सेवा संघको ३० औँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । संघको वार्षिक साधारण सभाले संघले भोग्नु परेका समस्या र चुनौतीलाई मिहिन ढंगबाट छलफल गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने र यसका लागि आवश्यक पहल गर्ने बताएको छ ।

संघको
३० औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कुरियर क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकोले यसलाई प्राथमिकताका साथ यस क्षेत्रका समस्या र चुनौतीलाई हल गर्न सरकारलाई आग्रह गरेका छन् ।


उनले हाल कुरियर व्यवसायीहरुले भोगिरहेका समस्याले कुरियरको द्रुत र विश्वासनिय सेवा प्रति अवरोध पु¥याउने काम भएको बताए । श्रेष्ठले कुरियर सेवालाई निर्वाद ढंगबाट संचालन गर्न राज्यले सहजीकरणको भूमीका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले कार्गो तथा कुरियरका पार्सल बोक्ने डेलिभरी भ्यान र ट्रकलाई आयातमा सहुलियत सुविधा दिनुपर्ने बताए । यस्तै, ऐन, नियम, कानुनलाई सरलिकृत गर्नुको साटो व्यवसायीलाई दुख दिने, बिनाकारण दण्ड जरीवाना गर्ने जस्ता राज्यको क्रियाकलाप अन्तय हुनुपर्ने श्रेष्ठले जनाए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कुरियर क्षेत्रले कठिन परिस्थतिमा पनि आफ्नो सेवालाई निरन्तरता दिएकोमा प्रशंसा गरे । उनल कोभिडको समस्यामा पनि कुरियर क्षेत्र आफ्नो सेवामा कटिबद्ध रहेको उल्लेख गर्दै यस क्षेत्रको विकास र विस्तारसँग समय सापेक्ष रुपमा अघि बढ्न उनले व्यवसायीलाई आग्रह गरे । ढकालले आगामी दिनमा महासंघले कुरियर संघसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।


सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं स्थल यातायात तथा परिवहन समीतिका सभापति शिव प्रसाद घिमिरेले कुरियर सेवा अति आवश्यकिय वस्तु अन्तर्गत रहेता पनि यसलाई विश्व बजारसँग नेपालभर द्रुत र विश्वसनिय ढंगबाट संचालन गर्न अझै पनि कठिनाई रहेको जाकारी दिए । उनले यस समस्यामा कुरियर संघका लागि राज्यले सहजीकरणको भूमीका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

ूसवारी साधनको नम्बर प्लेट छुट्टै राख्नुपर्छ यसका लागि महासंघले आवश्यक पहलकदमी गर्छू, उनले भने ।


कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक तुलसी आचार्यले निजी क्षेत्रको सहकार्य बिना कुनै पनि काम सम्भव नहुने भएकाले व्यवसायी र संघ हातेमालो गर्दै अघि बढ्ननुपर्ने बताए । उनले समयसापेक्ष रुपमा एने, नियम, कानुनलाई परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरनिको राजभण्डारी, नरेशलाल श्रेष्ठ र भक्त हमालले कुरियर व्यवसायीहरुले अहिले भोग्नुपरेको समस्या र चुनौतीका विषयमा आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह