Logo

कर्पोरेट-बजार

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा


GDP नेपाल
   ६ आश्विन २०८१, आइतबार


काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित भएका छन्।


शुक्रबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २९ औँ साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट समेत रहेका शर्मालाई अध्यक्षमा निर्वाचित गरेको हो।

त्यस्तै, सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्रनारायण श्रेष्ठ, राजेशकुमार जोशी र सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ।


नवनिर्वाचित अध्यक्ष शर्मा लामो समयसम्म लेखापरीक्षण पेशामा संग्लग्न रहँदै आएका छन्। उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रुपमा विगत चार वर्ष क्रियाशील थिए।


सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह