Logo

अर्थनीति

प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतालाई क्यालेन्डर मानेर काम गर्न सिंहको निर्देशन


gdpnepal
   ७ आश्विन २०८१, सोमबार


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन् । उनले जनताले अनुभूति गर्ने गरि परिणाममुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।

शहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरुसँग समन्वय गरि काममा द्रूतता दिनुपर्ने उनको भनाइ छ । ‘कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो । टिम वर्कका रुपमा अघि बढेर परिणाम दिनुपर्यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने,‘ प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’

सो क्रममा उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरि आउने दिनमा प्रभावकारी रुपमा काम गर्न पनि निर्देशन दिए ।

कार्यालय प्रमुहरुले भइरहेका कामको प्रगती विवरण र काममा भोग्नुपरेका चुनौति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले विभागका प्रमुख र आयोजना प्रमुखहरुलाई नतिजामुखी हुने गरि काममा लाग्न आग्ह गरे भने शहरी विकास तथा भवन निर्माण विभाग, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, स्थानीय पूर्वाधार विभाग, राष्ट्रिय आवास कम्पनी लिमिटेड, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन लगायतका मन्त्रालय मातहतका विभागका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।

 

प्रकाशित : ७ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह