Logo

बिजनेस होम

कनेक्ट आइपीएसको ‘शुभ यात्रा अफर’ सार्वजनिक


GDP नेपाल
   ७ आश्विन २०८१, सोमबार


काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै कनेक्ट आइपीएसले ” शुभ यात्रा अफर” सार्वजनिक गरेको छ ।

यस अफर अन्र्तगत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आइपीएसबाट गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिनेछ । बुद्ध एयर प्रा.लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा यो सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरको फ्लाइट टिकट खरिद गरेर कनेक्टआइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याक पाउन सक्नेछन् भने श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “YTCIPS” प्रोमो कोड प्रयोग गरेर रु २५० एयरलाइन्सको छुट संगै रु २५१ क्यासब्याक प्राप्त गर्न सकिनेछ कम्पनीले जनाएको छ ।

बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् ।

यी सम्पूर्ण अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ भने सो अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुने छ ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह