Logo

बिजनेस होम

बुढानिलकण्ठमा १८० करोडको लक्जरी रिसोर्ट निर्माण गर्दै रोयल टुलिप


GDP नेपाल
   ७ आश्विन २०८१, सोमबार


काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल टुलिपले काठमाडौंको बुढानिलकण्ठमा लक्जरी रिसोर्ट निर्माण गर्ने भएको छ । कम्पनीले १८० करोडको लगानीमा रिसोर्ट निर्माण गर्न लागेको हो ।

२६ रोपनीमा फैलिएको सो रिसोर्टमा ७५ बिस्तारित कोठा, ५०० जनालाई सेवा दिने बैंक्वेट हल, स्पा, स्टीम रुम, निजी जकुजी, र अन्य सुविधाहरू उपलब्ध हुने बताइएको छ । रोयल टुलिपका अनुसार नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी रिसोर्टको डिजाइन गरिएको छ ।

यो परियोजनाको नेतृत्व अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक तथा ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह(संस्थापक आशिष ढकालले गरेका छन् । रोयल टुलिप सारोवर होटल्सको औपचारिक हस्ताक्षर समारोह भोलि नयाँ दिल्लीमा सम्पन्न हुनेछ ।


सारोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले रिसोर्ट बन्न लागेकोमा खुसी व्यक्त गरे । भारत, अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, र बेलायतमा ४५ वर्षभन्दा बढीको अनुभव सँगालेका बाकायाले सारोवर होटल्सको उल्लेखनीय वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।


सो रिसोर्टले नेपालको बढ्दो पर्यटन क्षेत्रलाई उल्लेखनीय रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह