Logo

विकास / पूर्वाधार

निर्माण व्यवसायीको समस्यामा सरकारले विशेष ध्यान दिनेछ: मन्त्री सिंह


GDP नेपाल
   ९ आश्विन २०८१, बुधबार


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको बताए ।

उनले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले समाधान गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘निर्माण व्यवसायीमा काम गर्दैगर्दा खेरी धेरै अप्ठ्याराहरु रहेका छन् । समग्र रुपमा नै निर्माण व्यवसायीहरुको काम गर्दाखेरीको चुनौतिहरु जुन सामना गरिरहनु भएको छ , यो निर्माण व्यवसायीहरुको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’

साथै उनले राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए । उनले काम गर्नको लागि सहजता हुने गरी सरकारले ऐनहरुमा र नीतिगत रुपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने बताए ।

प्रकाशित : ९ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह