Logo

विकास / पूर्वाधार

पहिरो खस्दा कर्णाली राजमार्ग बिहानैदेखि बन्द


GDP नेपाल
   १० आश्विन २०८१, बिहिबार


काठमाडौं । वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज ९बिहीबार० बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् ।

प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन् । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ ।

प्रकाशित : १० आश्विन २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह