काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३२.८१ अंकले घटेर दुई हजार ४८६.७६ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १६, विकास बैंक ५८, फाइनान्स ५८, होटल तथा पर्यटन १४५, हाइड्रोपावर ७१, जीवन बीमा ११५, अन्य १८, माइक्रोफाइनान्स ६२ र निर्जीवन बीमा उपसमूह १०१ अंकले घटेको छ । त्यस्तै, आज उत्पादन ०.१३ र ब्यापार उपसमूह ३५ अंकले बढेको छ छ ।
आज सबैभन्दा धेरै ग्रिन भेन्चर्स लिमिटेडको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज विन नेपाल लघुवित्तको सेयर ९.८५ प्रतिशतले बढेको छ ।
यस दिन ३२२ कम्पनीको एक करोड ३६ लाख कित्ता सेयर ४ अर्ब ८४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया