काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से २२.३६ अंकले घटेर दुई हजार ४६४.४० विन्दुमा पुगेको छ ।
आज बैंकिङ १०, विकास बैंक ४४, फाइनान्स ५१, होटल तथा पर्यटन ८९, हाइड्रोपावर ७१, जीवन बीमा ३९, अन्य १९, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा उपसमूह २० र ब्यापार उपसमूह १०३ अंकले बढेको घटेको छ । त्यस्तै, आज उत्पादन उपसमूह भने ६९ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज विन नेपाल लघुवित्तको सेयर साढे ६ प्रतिशतले बढेको छ ।
यस दिन ३२७ कम्पनीको एक करोड ३ लाख कित्ता सेयर ४ अर्ब ५ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया