Logo

बिजनेस होम

फ्रेन्चाइज ग्लोवलले लियो बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट


GDP नेपाल
   १४ आश्विन २०८१, सोमबार


काठमाडौं । फ्रेन्चाइज ग्लोवलले बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट लिएको छ । विभिन्न देशका प्रमुख शहरहरुमा २०० ओटा अन्तर्राष्ट्रिय आउटलेट खोल्ने गरी ग्लोवलले बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट लिएको हो ।

बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट फ्रेन्चाइज ग्लोबलले लिएको छ । शुक्रबार सो विषयमा दुवै पक्षबीच हस्ताक्षर भएको हो । बाजेको सेकुवा तर्फबाट डाइरेक्टर चेतन भण्डारी र फ्रेन्चाइज ग्लोबलको तर्फबाट सिइओ डा. शम्भु पोखरेलले हस्ताक्षर गरेका छन् ।

अब बाजेको सेकुवाको अन्तर्राष्ट्रिय आउटलेट फ्रेन्चाइज ग्लोबलले गर्ने भएको छ। पहिलो २ वर्षमा विभिन्न देशका प्रमुख शहरहरुमा २०० ओटा अन्तर्राष्ट्रिय आउटलेट खोल्ने फ्रेन्चाइज ग्लोबलको योजना रहेको छ ।

फ्रेन्चाइज ग्लोबलले विभिन्न व्यावसायिक कम्पनीबीच समन्वय गर्ने व्यावसायिक विस्तारका लागि पहल गर्ने स्वामित्व प्रत्यायोजन गर्ने लगायतका कामहरू गर्दै आएको छ ।

प्रकाशित : १४ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह