Logo

बिजनेस होम

बाढीले हेरिटेज फेसन गार्मेन्टमा १० करोडको क्षति


GDP नेपाल
   १४ आश्विन २०८१, सोमबार


काठमाडौं । ललितपुरको इमाडोल बालकुमारीस्थित हेरिटेज फेसन गार्मेन्टमा कर्मनासा खोला पस्दा १० करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । असोज १२ गते कर्मानासा खोलामा आएको बाढीले गार्मेन्ट पूर्ण रुपमा क्षति भएको हो ।


हेरिटेज गार्मेन्टका सञ्चालक सञ्जय अग्रवालका अनुसार गोदाममा रहेका कपडा, ढुवानीका लागि तयार सामान, सिलाईका मेसिन, अफिसका कागजातलगायत सम्पूर्ण गोदामनै पूर्ण रुपमा क्षति भएको छ ।

शनिबार बिहान करिब ६ बजेको समयमा आएको सो बाढीले १० करोड बराबरको क्षति भएको अनुमान गरिए पनि गार्मेन्टको अन्य स्टोरमा भएको क्षतिबारे भने अझै यकिन तथ्यांक नआइसकेको अग्रवालले बताए । उनका अनुसार अन्य तीन स्टोरमा समेत बाढीले क्षति पुर्‍याएको छ ।


स्थानीयका अनुसार लगातार वर्षाका कारण झण्डै ८ फिटसम्म बढेको कर्मनासा खोलाले गार्मेन्टका सरसामानहरु बगाएर मनोहरा खोलामा मिसाएको थियो ।


सञ्चालक अग्रवाले गार्मेन्टमा बाँकी रहेका मेशिनलगाएतका सामानहरु समेत हिलोमाटोले गर्दा प्रयोग गर्न योग्य नरहेको बताए । ३५वर्ष देखि निकासी व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हेरिटेज गार्मेन्ट बाढीका कारण हाल खण्डहर भएको छ।


बाढीबाट भएको क्षतिबारे स्थानीय तहलाई जानकारी गराइसकेको बताउँदै अग्रवालले भने, ूगार्मेन्टमा भएको सम्पूर्ण क्षतिबारे स्थानीय तहले मुचुल्का उठाएको छ । ३५ वर्ष भयो यहाँ गार्मेन्ट चलाएको यस्तो कहीले भएको थिएन ।ू


झण्डै एक हजार भन्दा बढी श्रमिकलाई रोजगारी दिएको यो गार्मेन्टमा हाल १५५ जनाले काम गरिरहेका छन्। यो घटनाले गार्मेन्टमा मात्र क्षति नभएर त्यहाँ आबद्ध श्रमिकको जीविकोपार्जनमा समेत ठूलो समस्या आइपरेको अग्रवालको भनाइ छ ।


‘युरोप निकासीका लागि तयारी अवस्थामा रहेको करिब एक करोडको तयारी पोशाक समेत बाढीले बगाएको छ, खरिदकर्तालाई के भन्ने ?’ अग्रवालले भने ।


उनले बाढीका कारण प्रभावित गार्मेन्ट व्यवसायीलाई राज्यले ढिलो चाडो सहयोग गर्छ भन्नेमा आफू आशावादी रहेको बताए ।

प्रकाशित : १४ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह