Logo

विकास / पूर्वाधार

बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता


GDP नेपाल
   १५ आश्विन २०८१, मंगलबार


काठमाडौं । गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । विपद्मा परि २८ जना बेपत्ता छन् ।

प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिए ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको समेत उनले जानकारी दिए ।

प्रकाशित : १५ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह