काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया