Logo

बैंक / बिमा /शेयर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


GDP नेपाल
   २२ आश्विन २०८१, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकल आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ।

यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

त्यस्तै,जापानी येन १० को खरिददर नौ रुपैयाँ तीन पैसा र बिक्रीदर नौ रुपैयाँ सात पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको छ।

 

प्रकाशित : २२ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह