काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई हाल ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको १८औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।
बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत लाभांश दिएको थियो ।
प्रतिक्रिया