Logo

मुख्य समाचार

साढे २१ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति


GDP नेपाल
   २९ आश्विन २०८१, मंगलबार


काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनियम सञ्चिति २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भदौसम्म कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशत बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो ।

गत असारसम्म विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारसम्म १५ अर्ब २७ करोड रहेकोमा २ महिनामा ५ प्रतिशत बढेर १६ अर्ब ४ करोड पुगेको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २३ अर्ब ५३ करोड कायम भएको छ ।
२०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ ।
विदेशी विनियम सञ्चिति निरन्तर वृद्धि भएको र आयातमा वृद्धि नहुँदा सञ्चिति पर्याप्तता सूचक पनि बढ्दै गएको छ ।

आव २०८१/८२ को दुई महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
२०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ३७.७ प्रतिशत, कुल आयातसँगको अनुपात ११४.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३०.८ प्रतिशत छ ।

प्रकाशित : २९ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह