काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संघ संस्थाले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
प्रतिक्रिया