काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.७७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२५ प्रतिशत गरी कुल १४.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया