काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २५.८८ अंकले बढेर दुई हजार ६६५.८१ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १०, विकास बैंक ६४, होटल तथा पर्यटन २८, हाइड्रोपावर ४५, फाइनान्स ९६, अन्य २०, निर्जीवन बीमा ७८, उत्पादन १४८, माइक्रोफाइनान्स ३२, जीवन बीमा ६३ र ब्यापार उपसमूह ३२ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्टको सेयर ८.८६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज विन नेपाल लघुवित्तको सेयर ४.७५ प्रतिशतले घटेको छ ।
यस दिन ३१४ कम्पनीको एक करोड ९ लाख कित्ता सेयर ४ अर्ब १७ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया