काठमाडौँ । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले कात्तिक ३० गने वार्षिक साधारण सभा बोलाएको छ ।
कात्तिक ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लेमन ट्रि, बुढानिलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभाले प्रमुख कार्यकारी अधिकृतको तलब भत्ताका सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया