काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २७.४१ अंकले बढेर दुई हजार ६४५.३६ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ५, विकास बैंक ८१, फाइनान्स ११६, होटल तथा पर्यटन ७५, हाइड्रोपावर ५१, जीवन बीमा २३६, उत्पादन ९२, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा ८१, अन्य ११ र ब्यापार उपसमूह २६ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज पिपुल्स हाइड्रोपावरको सेयर ६ प्रतिशत भन्दा धेरै घटेको छ ।
यस दिन ३०७ कम्पनीको एक करोड ४ लाख कित्ता सेयर ५ अर्ब ३४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया