Logo

कर्पोरेट-बजार

सुनको भाउ हालसम्मकै उच्च, तोलाकै १ लाख ७० हजार ७ सय रुपैयाँ


GDP नेपाल
   १४ कार्तिक २०८१, बुधबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेर्कड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो । यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार १ सय २० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित : १४ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह