Logo

बिजनेस होम

३६ अर्ब खर्चेर बनाइएको विमानस्थलमा बल्ल ४ एयरलाइन्स, तैपनि निरन्तरतामा शंकै छ


gdpnepal
   २४ कार्तिक २०८१, शनिबार


काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अढाई वर्षपछि आंशीक सञ्चालनमा आएको छ । स्तरोन्नतिका लागि त्रिभुवन विमानस्थल न्यून समयमात्र सञ्चालनमा आउने भएपछि कतिपय एयरलाइन्स बाध्य भएर भैरहवा पुगेका कारण यसको निरन्तरतामा शंका छ ।

विमानस्थल उद्घाटन भएको साढे २ वर्ष भैसकेको छ । यस विमानस्थलबाट अब राष्ट्रिय ध्वाजाबाहक नेपाल एअरलाइन्ससहित थाइ एअर एशिया, जजिरा र फ्लाई दुबईले उडान गर्नेछन् । थाई एअर एशियाले कार्तिक १५ गते परीक्षण उडान र कार्तिक २३ गते हिजो व्यवसायिक उडान गरेको छ ।

जजिरा एयरवेजको जहाज बिहान अवतरण भई फर्केको छ भने जजिराले साताको तीन दिन भैरहवाबाट उडान गर्नेछ । फ्लाइ दुबईको जहाजले भने हप्तामा सातै दिन उडान गर्ने छ ।

विमानस्थल निर्माणमा ३५ अर्ब ६६ करोड लगानी भएको छ भने विमानस्थल लक्षित गरी होटल र पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपैयाँ लगानी गरेको बताइन्छ ।

 

प्रकाशित : २४ कार्तिक २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह