Logo

Banner-news

ज्येष्ठ नागरिकलाई हवाई भाडा छुट हल्लामात्र, ५० प्रतिशत छुटभन्दा बजार मूल्य सस्तो !


GDP Nepal
   ११ भाद्र २०७६, बुधबार


काठमाडौं । सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरे पनि यसको कार्यान्वयनमा अनेकौं जटिलता देखिएका छन् । एकातर्फ हवाई सेवा प्रदायकहरुले यसको विरोध गरिरहेका छन् भने अर्कोतर्फ प्रचलित बजारमूल्यभन्दा ५० प्रतिशतभन्दा सस्तोमा अहिले नै हवाई टिकट बिक्री भइरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ सय ४१ बुँदे कार्ययोजना सावर्जनिक गर्दै ज्येष्ठ नागरिकलाई सुविधाको घोषणा गरे पनि व्यावहारिक रुपमा यो सम्भव नदेखिएको जानकारहरु बताउँछन् ।

पेशाले इञ्जिनियर भुवन थापा ट्वीटरमा लेख्छन्– वायुसेवा सञ्चालक समितिले तोकेको काठमाडौं बिराटनगर हवाई भाडा ७५०० छ । तर ६० प्रतिशतभन्दा सस्तो मूल्यको टिकट सजिलोसँग पाइन्छ । पर्यटनमन्त्रीको कार्ययोजनाअनुसार हवाई भाडामा ७० वर्ष माथिकोलाई ५० प्रतिशत छुटको औचित्य के होला ?

सोमबार पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवार्ई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याउने जनाएका थिए ।

अहिले नै पोखरा, भैरहवा, विराटनगर, नेपालगन्ज, धनगढी, चितवनलगायतका गन्तव्यमा एयरलाइन्सहरुबीच प्राइस वार छ र जसका कारण ७० प्रतिशतसम्म छुटमा सेवाग्राहीले टिकट पाइरहेका छन् । सरकारको कार्ययोजनाअनुसार टिकट उपलब्ध गराउन एयरलाइन्स सहमत भ एभने उनीहरुलाई राज्यले अतिरिक्त सुविधा उपलब्ध गराउनुपर्छ । जसका कारण ति कम्पनीले यही सस्तो टिकटमा पनि अतिरिक्त नाफा कमाउन सक्नेछन् ।

प्रकाशित : ११ भाद्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह