Logo

बैंक / बिमा /शेयर

आइएमई लाइफ इन्स्योरेन्सले कमायो १४ करोड ५० लाख नाफा


GDP नेपाल
   २९ कार्तिक २०८१, बिहिबार


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइएमई लाइफ इन्स्योरेन्सले १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको नाफा ११.२२ प्रतिशतले बढेको हो । गत वर्ष इन्स्योरेन्सले १३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ११.९६ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी १६.०६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बिमा कोषको आकार १० अर्ब ८६ करोड रुपैयाँ भन्दा धेरै छ ।


चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६६ पैसा छ ।

प्रकाशित : २९ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह