Logo

बैंक / बिमा /शेयर

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति?


GDP नेपाल
   ३० कार्तिक २०८१, शुक्रबार


काठमाडौं । मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बेंकहरुले औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ५.९७ प्रतिशत कायम गरेका छन् ।

मंसिरमा १२ बैंकहरुले ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकहरुले पहिलेकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यस्तै, एक वाणिज्य बैंकले भने ब्याजदर बढाएको छ।

मंसिर महिनामा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ। यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.७९ प्रतिशतका दरले ब्याज दिने भएको छ। तयस्तै, सबैभन्दा कम ब्याज दिनेमा लक्ष्मी सनराइज बैंक रहेको छ। बैंकले अधिकतममा ५.५ प्रतिशतका दरले ब्याज दिनेछ।

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह