Logo

कर्पोरेट-बजार

नेपाल टेलिकमको नाफा १४ प्रतिशतले घट्यो


GDP नेपाल
   ३० कार्तिक २०८१, शुक्रबार


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमले एक अर्ब ७३ करोड ९५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको तुलनामा कम्पनीको नाफा १४.२० प्रतिशतले घटेको छ । गत वर्ष कम्पनीले २ अर्ब २ करोड ७४ लाख ३१ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

यस्तै, यस अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ रहेको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा कम्पनीको कूल आय ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले घटेको छ ।

कम्पनीको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ । गत आवको सोही अवधिको कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी ३८ रुपैयाँ ६६ पैसा रहेको छ ।

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह