Logo

कर्पोरेट-बजार

१९.४४ प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको नाफा


GDP नेपाल
   ३० कार्तिक २०८१, शुक्रबार


काठमाडौं । चालु अर्थिक वर्षको पहिलो त्रैमासमा चन्द्रागिरी हिल्स लिमिटेडले २ करोड ५५ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफ १९.४४ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कम्पनीको सञ्चालन आम्दानी २० करोड ६१ लाख रुपैयाँबाट घटेर १९ करोड ५८ लाख रुपैयाँमा झरेको छ । अन्य आम्दानी भने ६ लाख १० हजार रुपैयाँबाट बढेर ७ लाख ५४ हजार पुगेको छ ।

कम्पनीको वित्तीय खर्च पनि ६ करोड ३३ लाखबाट घटेर ४ करोड ४९ लाखमा झरेको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ ।


कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोष भने ४ करोड ४१ लाख रुपैयाँले ऋणात्मक छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ०६ पैसा छ ।

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह