Logo

बैंक / बिमा /शेयर

आइपीओ निष्कासन गर्दै प्रभु केवलकार, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


GDP नेपाल
   ३ मंसिर २०८१, सोमबार


काठमाडौँ । प्रभु ग्रुपको स्वामित्वमा रहेको प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

प्रभु केबलकारले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि कुमारी क्यापिटललाई निष्कासनका तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सम्झौता पत्रमा प्रभु केबलकारका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।


प्रभु केवलकारको लगानीमा बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आईसकेको छ । उक्त केवलकारबाट छोटो समयमा नै पचहत्तर भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरि सकेकाछन् ।
प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

प्रकाशित : ३ मंसिर २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह