Logo

सेयर बजार

सेयर बजारमा ९ अंकको वृद्धि, ७ अर्बको कारोबार


GDP नेपाल
   ५ मंसिर २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ९.०९ अंकले बढेर दुई हजार ७११.७५ विन्दुमा पुगेको छ ।



विकास बैंक १८६, माइक्रोफाइनान्स ४, होटल तथा पर्यटन ३१, हाइड्रोपावर ४४, ब्यापार ९ र फाइनान्स उपसमूह ६० अंकले बढेको छ ।
त्यस्तै, बैंकिङ ३, अन्य १, जीवन बीमा २४, उत्पादन ०.२१ र निर्जीवन बीमा उपसमूह २७ अंकले घटेको छ ।


आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज गूँरास लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।


यस दिन ३२३ कम्पनीको एक करोड ५४ लाख कित्ता सेयर ७ अर्ब ९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ५ मंसिर २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह