काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १ करोड ६० लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १६.५२ प्रतिशतले थोरै हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै, कम्पनीको आम्दानी पनि २३.३९ प्रतिशतले घटेर २ अर्ब २४ करोडमा झरेको छ । गत वर्ष यसले २ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३३ करोड रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १९ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ ३७२ रुपैयाँ ६२ पैसा रहेको छ ।
प्रतिक्रिया