Logo

विकास / पूर्वाधार

नेपाल-भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल


GDP नेपाल
   १८ मंसिर २०८१, मंगलबार


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन् ।


नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी-चारआली र अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच उक्त पाइपलाइन निर्माणका लागि एक महिनाअघि सम्झौता भएको थियो ।

यस्तै, सर्लाहीमा ग्यास पाइपलाइन निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपो स्थानान्तरणका विषयमा समेत छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित : १८ मंसिर २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह