काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।
बैंकको चुक्ता पुँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । सो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको जानकारी गराए ।
बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७.७२ प्रतिशतले बृद्धि गरी कुल रु. ७ अर्ब ५१ करोड आर्जन गरेको छ । अध्यक्ष श्रेष्ठले दीर्घकालिन रुपमा आफ्ना शेयरधनीहरूलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिवृद्धि गर्दै लगेको र आगामी वर्षहरूमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको जानकारी समेत दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिशन आम्दानी एवं गैह्र कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय बृद्धि गर्दै लगेको बताए ।
प्रतिक्रिया