Logo

बैंक / बिमा /शेयर

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २१ मंसिर २०८१, शुक्रबार


काठमाडौँ । आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ७५ हजार ९२७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, काभ्रेपलान्चोकमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २१ मंसिर २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह