Logo

बैंक / बिमा /शेयर

लक्ष्मी सनराइज बैंकको ललितपुरमा शाखा स्थानान्तरण


GDP नेपाल
   २३ मंसिर २०८१, आइतबार


ललितपुर। लक्ष्मी सनराइज बैङ्कले ललितपुर महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण गर्दै सेवा विस्तार गरेको छ। बैंकले काठमाडौँ महानगरपालिका–२२, न्यु रोडस्थित शाखालाई ललितपुर महानगरपालिका–९, पाटनको च्यासलमा स्थानान्तरण गरेको हो ।


स्थानान्तरणका कारण साबिक शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखाबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ। यो शाखा स्थानान्तरणले ग्राहकहरूलाई अझ सहज र प्रभावकारी रूपमा सेवा पुर्‍याउने उद्देश्य राखेको बैङ्कले जनाएको छ।
स्थानान्तरण भएको च्यासल शाखाले सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू उपलब्ध गराउनेछ। यसले व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरूलाई विभिन्न बैङ्किङ समाधानहरू प्रदान गर्ने बैङ्कले विश्वास व्यक्त गरेको छ।

बैङ्कले हालसम्म ५९ जिल्लामा फैलिएको २५४ शाखा, ३२५ एटीएम, २६ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैङ्किङ एजेन्टहरूको सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ।

प्रकाशित : २३ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह