Logo

मुख्य समाचार

कांग्रेसको निर्णय: गण्डकी प्रदेशसभामा थापाको नाम, बीआरआईबारे पुरानै अडान


GDP नेपाल
   २४ मंसिर २०८१, सोमबार


काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने,‘गण्डकी प्रदेशसभा सांसद विमला गौचनको असामहिक निधन भयो । त्यो रिक्त पदमा निर्वाचन आयोगले निर्देशन गरेअनुसार सो पदपूर्तिका लागि सुनिता थापालाई प्रस्ताव गरेर पठाउने कुरालाई बैठकलाई अनुमोदन गर्‍यो ।’

त्यस्तै उनले कांग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्नेे निर्णय अहिलेपनि कायमै राखेको बताए । अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द नगर्ने पार्टीको धारणा रहेको पनि उनले जानकारी दिए ।

उनले भने,‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो । त्यही निर्णयमा आज पनि कायम छौँ । अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ ।’

प्रकाशित : २४ मंसिर २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह