काठमाडौं । हिमालयन डिष्टिलरीले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
यसका लागि कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ ।
प्रतिक्रिया