Logo

कर्पोरेट-बजार

एकैदिन २१ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २५ मंसिर २०८१, मंगलबार


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो ।

मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन सोमबार प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।

प्रकाशित : २५ मंसिर २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह