काठमाडौँ । स्टयान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । सन् १९९४ देखि यस बैंकमा आबद्ध उनी स्टयान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीइओ समेत हुन् ।
बैंकका सीइओ अरिनब घोष दस्तिदरको कार्यकाल सकिएपछि राणालाई सीइओमा नियुक्त गरिएको हो । यसअघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए ।
डीसीईओ हुँदा उनले प्रमुख कमर्सियल, कर्पोरेट र संस्थागत बैंकिङ्ग, ग्राहक कभरेजको जिम्मेवारी समेत सम्हालेका थिए । तीन दशक बढी बैंकिङ अनुभव रहेको राणाले एमबिए गरेका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक तत्कालिन कम्पनी ऐन, २०२१ (संशोधन सहित) बमोजिम वि.सं २०४२ पुस ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा नेपाल ग्रिण्डलेज बैंक लिमिटेडको नामबाट दर्ता भएको हो । तत्कालिन वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति पाएको यस बैंकले वि.सं २०४२ माघ २४ गतेदेखि सञ्चालनमा आएको हो ।
प्रतिक्रिया