चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा अधिकांश वाणिज्य बैंकहरुको नाफा बढेको छ ।
चार महिनामा नबिल बैंकले सबैभन्दा धेरै खुद नाफा आर्जन गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा ग्लोबल आइएमई बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ भने प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोडनाफा आजृन गरेको छ ।
यसका साथै, कुमारी बैंकले १ अर्ब ५९ करोड ४ लाख, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख, प्रभू बैंकले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९४ लाख र नेपाल एसबिआईले १ अर्ब ७१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
नेपाल बैंकले ९३ करोड ८८ लाख, हिमालयन बैंक ९१ करोड ८८ लाख, माछापुच्छ्रे ६८ करोड ९७ लाख, सिद्धार्थले ६६ करोड ७८ लाख, सानिमाले ६५ करोड १३ लाख, राष्ट्रिय वाणिज्यले ५५ करोड २७ लाख, सिटिजनले ४३ करोड ८६ लाख र एनआइसी एशियाले ३८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
कृषि विकास बैंक भने २२ करोड ७७ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ।
प्रतिक्रिया