काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छ । मंगलबार बसेको साधारणसभाले विधान संशोधन पारित गरेको हो । यससँगै महासंघमा अब प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने भएको छ ।
अहिले वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेर कार्यकाल सकिएपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ ।
सभाले कार्यसमितिको कार्यकाल दुई वर्षको हुने, एक महिला उपाध्यक्ष रहने, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्ने, जिल्लातर्फ दुई जना उपाध्यक्ष रहनेलगायतको व्यवस्था गरेको छ ।
प्रतिक्रिया