काठमाडौं । आजदेखि बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यस कम्पनीले उक्त हकप्रद सेयरको लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया