काठमाडौं । प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले ९८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले ९८ करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।
यसका लागि लागि कम्पनीले कुमारी क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सो सम्झौतापत्रमा प्रभु एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरेका छन् ।
हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५ करोड रहेको छ भने जारी पुँजी २ अर्ब छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पुँजी छ र आइपीओबाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्नेछ । यो कम्पनी गत २ वर्षदेखि सञ्चालन मुनाफामा रहेको छ ।
प्रतिक्रिया