Logo

मुख्य समाचार

विश्व बैंकद्वारा नेपाललाई दिने साढे १३ अर्ब ऋण स्वीकृत


GDP नेपाल
   २८ मंसिर २०८१, शुक्रबार


काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित र समावेशी विकास कार्यान्वयनमा सहयोग गर्न १० करोड अमेरिकी डलर (१३ अर्ब ५० करोड रुपैयाँ) स्वीकृत गरेको छ।

बैठकले नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार्ने लक्ष्यसहितका तीन वटा डीपीओ (विकास नीति सञ्चालन) का लागि उक्त रकम स्वीकृत गरेको हो । विश्व बैंकका अनुसार यो डीपीओको दोस्रो शृंखलाअन्तर्गतको सहयोग हो ।

‘यस अपरेसनले हरित वित्तीय साधन, जलसुरक्षा, सिँचाइ, भूमिको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन, र जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा नेपालको नीति कार्यक्रमलाई समर्थन गर्दछ’, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले भने।

प्रकाशित : २८ मंसिर २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह